सोमवार, कार्तिक १० गते २०८३

राष्ट्रपति भण्डारीले गरिन युद्ध संग्रहालयको उद्घाटन

बुधवार , श्रावण १३, २०७८

काठमाडौं । सिन्धुलीगढीमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीले युद्ध सङ्ग्रहालयको उद्घाटन गरेकी छन् । नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएपछि आज राष्ट्रपति भण्डारीले उद्घाटन गरिन् ।  

नेपाली सेनाले करिब सात करोड रुपैयाँ लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएको छ । सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।

sindhuli-bidhya1.JPG

सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको विसं २०७६ कात्तिक २४ गते पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका थिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार