आइतवार, कार्तिक २ गते २०८३

ललितानिवास प्रकरणमा थप दुई जना पक्राउ

सोमवार , आषाढ १८, २०८०

काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा हडपेको प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गर्न समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौंबाट पक्राउ गरेको हाे। 

सीआईबीकी निर्देशक एआईजी किरण बज्रचार्यका अनुसार उनीहरुमाथि ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजान सरकारी कागज किर्ते गरेको आरोप लगाइएको छ । 

सीआईबीले आइतबार ललितानिवास जग्गा प्रकरणकै अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरेको थियो ।

त्यसअघि ७ जनालाई पक्राउ गरेकामा सर्वोच्च अदालतबाट पहिल्यै निषेधाज्ञाको आदेश लिएका तीन जना छुटेका थिए । यो प्रकरणमा हालसम्म ९ जना ब्यूरोको हिरासतमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार