बुधवार, आश्विन १४ गते २०८३

विश्वकप छनोट: नेपाललाई हराउँदै आयरल्यान्ड सातौं

मंगलवार , आषाढ १९, २०८०

जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपाल आयरल्यान्डसँग पराजित गरेको छ । हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा नेपाल २ विकेटले पराजित भएको हो । नेपालले दिएको २ सय ६९ रनको लक्ष्य आयरल्यान्डले ४९.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।

आयरल्यान्डका लागि कुर्टिस क्यामफेर र ह्यारी टेक्टरले अर्धशतकीय ईनिङ खेले । क्यामफेरले ६२ रन बनाए भने टेक्टरले ६० रन जोडे । नेपालका लागि करण केसीले ४ तथा किशोर महतोले २ विकेट लिए ।

गुलसन झा र सन्दीप लामिछानेले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनाएको थियो ।

नेपालका लागि गुलसन झाले अविजित ५७ रनको अर्धशतकीय ईनिङ खेले । त्यस्तै, ओपनर अर्जुन साउदले ४८, कुशल मल्लले ४४, सन्दीप लामिछानेले ३२, कप्तान रोहित पौडेलले २९ तथा भीम सार्कीले २० रन बनाए ।

आयरल्यान्डका लागि मार्क अडिर, ब्यारी म्याकार्थी र क्रिग योंगले समान २/२ तथा एन्डि म्याकवर्नी, कुर्टिस क्यामफेर र गारेथ डिलेनीले समान १/१ विकेट लिए । जितसँगै आयरल्यान्डले विश्वकप छनोट खेलको सातौं स्थान हासिल गरेको छ । पराजित नेपालले प्रतियोगितामा आठौं स्थान हासिल गरेको छ ।

यस्तै, आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा जिम्बावे स्कटल्यान्डसँग ३१ रनले पराजित भएको छ । यो हारसँगै जिम्बावेको आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । जितको लागि २ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावे ४१.१ ओभरमा २ सय ३ रनमा अल आउट भयो ।

जिम्बावेका रायन सर्वाधिक ८३ रन बनाए भने वेस्ली मधेभेर ४० रन जोडे । स्कटल्यान्डका क्रिस सोलले ३ विकेट लिए । ब्रेन्डन म्याकमुलेन र माइकल लिस्कले समान दुई विकेट लिए ।

त्यसअघि क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३४ रन बनाएको थियो ।

स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक ४८ रन बनाए । मार्क वाट २१ रनमा अविजित रहे । जिम्बावेका सन विलियम्सल ३ तथा विकेट लिए । टेन्डाई चतराले २ विकेट लिए ।

जिम्बावे ५ खेलमा ३ मा जित र २ मा हारका साथ ६ अंकका साथ तेस्रो स्थानमा छ । नेदरल्यान्ड्स ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार