आइतवार, कार्तिक ९ गते २०८३

सर्लाहीमा ९ दिने शिशुसहित ३ जनाको शब पोखरीमा मृत फेला

बुधवार , श्रावण १३, २०७८

काठमाडौं । सर्लाहीको ब्रहृमपुरी गाउँपालिका-३ भेल्हीको एक पोखरीमा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीय सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी, उनकी १८ महिनाकी छोरी रमा र नौ दिनका छोराको शव पोखरीमा फेला परेको एसपी सन्तोष सिंह राठोरले जानकारी दिए ।

रिकेवादेवी गएराति नाबालक छोरा-छोरीसहित घरबाट निस्किएकी थिइन् । तीनैजनाको शव बुधबार बिहानपख सूर्यवंश चौधरीको निजी पोखरीमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव निकालेर पोष्टमार्टमका लागि मलंगवा पठाइएको र अनुसन्धान पनि जारी राखेको एसपी राठोरले बताए ।

श्रीमती र बच्चा खोज्न भनेर घरबाट निस्किएका रिकेवादेवीका श्रीमान सञ्जीव पनि अहिलेसम्म सम्पर्कमा नआएको एसपी राठोरले बताए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार