बुधवार, आश्विन १४ गते २०८३

नेदरल्यान्ड्स १२ वर्षपछि विश्वकपमा छनौट 

बिहिवार , आषाढ २१, २०८०

काठमाडौं। आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा स्कटल्यान्डलाई चार विकेटले हराउँदै  नेदरल्यान्ड्स १२ वर्षपछि विश्वकपमा छनौट भएको छ । नेदरल्यान्ड्स २०११ पछि पहिलो पटक विश्वकपमा पुगेको हो । समान ६ अंक भएपनि नेदरल्यान्ड्सले नेटरनरेटको आधारमा जिम्बावे र स्कटल्यान्डलाई पछि पार्दै विश्वकपमा स्थान बनाएको हो ।

जितका लागि २ सय ७८ रनको लक्ष्य पछयाएको नेदरल्यान्ड्सले ४२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सका लागि बास दी लिडेले १ सय २३ रन बनाए ।

यस्तै, विक्रमजित सिंहले ४० र सकिब जुल्फिकरले नटआउट ३३ रन बनाए । बलिङतर्फ स्कटल्यान्डका माइकल लिस्कले २ विकेट लिए ।

जिम्बावेको क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७७ रन बनायो । स्कटल्यान्डका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक १ सय ६ रन बनाए ।

यस्तै, कप्तान रिची बेरिङ्टनले ६४ र टोमस म्याकइनटोशले नटआउट ३८ रन बनाए ।

बलिङतर्फ नेदरल्यान्ड्सका बास दी लिडेले ५ विकेट लिए । योसँगै ’सुपर सिक्स’ बाट विश्वकपमा पुग्ने दुई वटा टोलीको टुङ्गो लागेको छ । श्रीलङ्का यसअघि नै विश्वकपमा छनोट भइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार