सोमवार, कार्तिक १० गते २०८३

पुनर्बहालीको माग गर्दै ’पूर्वमाओवादी’ सांसदद्वारा सर्वोच्चमा रिट

बुधवार , श्रावण १३, २०७८

काठमाडौँ । माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गरेका पूर्व सांसदहरुले आफुहरुको पुर्नबहालीको माग गर्दै सर्वोच्च पुगेका छन् । पुर्व सांसदहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंखर चौधरीले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका हुन् ।

माओवादी केन्द्रका तर्फबाट सांसद नियुक्त भएका भट्ट, रायमाझी, साह र चौधरीले केपी ओलीलाई समर्थन गरेपछि पार्टीले सांसद पदबाट हटाएको थियो । चारैजना पूर्व सांसदले आफूलाई अवैधानिक रुपमा पार्टीले सांसदबाट हटाएको भन्दै पुनर्बहालीको माग राखेर अदालतमा निवेदन दिएका हुन् ।

उनीहरुले दिएको रिट निवेदनको भोली पेसी तोकिने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले बताए । यसअघि पनि माओवादी केन्द्रविरुद्ध उजुरी दिन एमालेभित्रका ‘पूर्वमाओवादी’ नेताहरू निर्वाचन आयोग गएका थिए । उनीहरुको निवेदनलाई आयोगले बदर गरिदिएको थियो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार