काठमाडौं । आगजनीको अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर भई जेल चलान गरिएका जसपा नेता प्रमोद गुप्ता र अरुण सिंह ट दिनमै छुटेका छन् । ६ महिना कैद सजाय तोकिएका उनीहरूलाई अदालतले बिहीबार जेल चलान गरेको थियो । बिहिबार जेल गएका उनिहरु छैटौं दिन मंगलबार छुटेका छन् ।
यति छोटो समयमे कसरी छुट्न सम्भव भयो त ? दालतका स्रेस्तेदार गम्भीर घमिरेले बताए । जघन्य अपराधबाहेकमा १ वर्षसम्म कैद सजाय पाएका दोषी आचरणमा बसे र प्रतिदिन ३ सय रुपैयाँका दरले राज्यलाई रकम बुझाए छाड्न मिल्ने प्रावधान रहेको बताए ।
सोही प्रावधानअन्तर्गत निवेदन दिएका उनीहरू न्यायाधीश प्रकाशप्रसाद पण्डितको आदेशमा रिहा भएको उनले जानकारी दिए । ६ महिनाको कैदबापत ५४ हजार रुपैयाँ बुझाएर छुटेको गुप्ताले बताए । गुप्ता र सिंह अदालतमा हाजिर हुन गएका बेला जेल चलान गरिएका थिए ।
तेस्रो मधेस आन्दोलन (२०७४ माघ) ताका कलैया अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट शैलेश झाको गाडी जलाएको अभियोगमा गुप्तासहित दुवैलाई २०७४ माघ २५ मा अदालतले ६ महिना कैद राख्ने र पीडितलाई ९ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।