काठमाडौँ । संसदीय समितिले कक्षा १२ का विद्यार्थीलाई परीक्षाअघि खोपको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ का विद्यार्थीलाई खोपको व्यवस्था गर्न निर्देशन दिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँगको छलफलपछि समितिले कोरोना संक्रमणका कारण परीक्षामा सहभागी हुन नसक्ने विद्यार्थीलाई दोस्रो चरणमा परीक्षा दिन पाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।
परीक्षाअघि नै परीक्षणको व्यवस्था गर्न र संक्रमण देखिएर सहभागी हुन नसक्ने अवस्था भएमा दोस्रो चरणमा परीक्षा दिने व्यवस्था गर्न समितिले निर्देशन दिएको हो । कक्षा १२ को परिक्षा साउन ३१ गतेबाट हुने तालिका छ ।
तर आजै परिक्षा बोर्डले कक्षा १२ को परिक्षा होम सेन्टरबाटै गर्ने निर्ण गरेको छ । परिक्षाका लागी अन्यत्र जाँदा संक्रमणको जोखिम बढ्ने भन्दै परिक्षा होम सेन्टरबाट संचालन गर्नेनिर्णय गरिएको बोर्डले जनाएको छ ।