सोमवार, कार्तिक १० गते २०८३

चिनियाँ प्रधानमन्त्रीले दिए प्रधानमन्त्री देउवालाई बधाई, महामारी नियन्त्रणमा सघाउने

बुधवार , श्रावण १३, २०७८

काठमाडौँ काठमाडौं । चीनका प्रधानमन्त्री ली खछ्याङले हार्दिक प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । साथै उनको कार्यकालको सफलताको कामना गरेका छन्।     
     
चिनियाँ प्रधानमन्त्रीले आफ्ना नेपाली समकक्षी देउवालाई आज बधाई सन्देश पठाएर चीन र नेपालबीचको रणनीतिक सम्बन्ध र साझेदारी तथा अनन्तकालसम्म रहिरहने मैत्री चिनियाँ चाहना भएको बताएका छन्।     
     
सन्देशमा चिनियाँ प्रधानमन्त्रीले वेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)मार्फत सहयोग, कोरोना महामारी नियन्त्रण, त्यसविरुद्धको प्रतिकार्य तथा महामारीका कारण थलिएको अर्थतन्त्रको पुनरुत्थानमा सघाउन चीन क्रियाशील रहने उल्लेख गरेका छन् । साथै उनले पारस्परिक हितका खातिर काम गर्न तथा चीन र नेपालबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ तुल्याउँदै नयाँ उचाइ चुम्ने उल्ले गरेका छन्।     
     
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री देउवालाई उक्त मन्त्रालयमार्फत आफ्ना प्रधानमन्त्रीको सन्देश आजै परराष्ट्रका अधिकारीलाई बुझाएकी हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार