बुधवार, आश्विन १४ गते २०८३

कुशल भुर्तेलको ६ विकेटमा यूएई ‘ए’ सस्तैमा समेटियो

बुधवार , श्रावण ३, २०८०

काठमाडौं । लेग स्पिनर कुशल भुर्तेलको उत्कृष्ट बलिङमा एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको अन्तिम खेलमा नेपालले यूएई एलाई सस्तैमा समेटेको छ । 

श्रीलंकाको पि सारा ओभल कोलोम्बोमा टस जितेर ब्याटिङ थालेको यूएई एले ४४ ओभरमा १० विकेट गुमाउँदै १५७ रन बनायो । यूएई एका लागि ओपनर लवप्रीत बाजवाले ५२ रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् ।

नेपालका लागि भुर्तेलले ६ विकेट लिए । मौसम ढकालले २ विकेट तथा कुशल मल्ल र पवन सरार्फले समान एक-एक विकेट लिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार