बुधवार, आश्विन १४ गते २०८३

नेपाल तीन विकेटले विजयी, कुशल भुर्तेलको अलराउण्ड प्रदर्शन

बुधवार , श्रावण ३, २०८०

काठमाडौं। एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको अन्तिम खेलमा ओपनर कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा नेपालले यूएई एलाई पराजित गरेको छ । 

श्रीलंकाको पि सारा ओभल कोलोम्बोमा भएको खेलमा नेपालले यूएई एलाई विकेटले ३ पराजित गरेको छ । यूएई एले दिएको १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले आक्रामक अर्धशतक पारी खेले । उनले ४३ बलमा ९ चौका र ४ छक्काको मद्धतमा ७१ रनको योगदान गरे । देव खनाल र सन्दीप जोराले समान २४ २४ रन बनाए । 

यूएई एका मोहम्मद फराजुद्दीनले ५ विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ थालेको यूएई एले ४४ ओभरमा १० विकेट गुमाउँदै १५७ रन बनाएको थियो । यूएई एका लागि ओपनर लवप्रीत बाजवाले ५२ रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् ।

नेपालका लागि भुर्तेलले ६ विकेट लिए । मौसम ढकालले २ विकेट तथा कुशल मल्ल र पवन सरार्फले समान एक-एक विकेट लिए । 

यससँगै नेपालले अन्तिम खेलमा जितसहित प्रतियोगितामा आफ्नो यात्रा टुंगाएको छ । यसअघि पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित भएको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार