घरेलु टोली श्रीलङ्का ‘ए’ लाई हराउँदै पाकिस्तान ‘ए’ एसीसी इमर्जिङ टिम्स एसिया कपको फाइनलमा पुगेको छ । आज कोलम्बोमा भएको पहिलो सेमिफाइनल खेलमा श्रीलङ्कालाई ६० रनले हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको ३ सय २३ रनको लक्ष्य पछ्याएको श्रीलङ्का ४५.४ ओभर २ सय ६२ रनमा अलआउट भयो ।
श्रीलङ्काका अभिष्का फर्नान्डो र शहन अर्चचिगेले समान ९७ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङतर्फ पाकिस्तानका अर्शद इक्बालले ५ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३ सय २२ रन बनाएको थियो ।
पाकिस्तानका ओभर युसुफले सर्वाधिक ८८ रन बनाए । यस्तै, मोहम्मद ह्यारिसले ५२ र मुबासिर खानले ४२ रन बनाए । बलिङतर्फ श्रीलङ्काका लाहिरु समाराकून, प्रमोद मदुशन र चमिका करुनारत्नेले २/२ विकेट लिए ।