सोमवार, कार्तिक १० गते २०८३

गण्डकी बाहेकका प्रदेशमा भारी वर्षाको सम्भावना

बिहिवार , श्रावण १४, २०७८

काठमाडौं। अहिले गण्डकी र कर्णाली प्रदेशका केहि स्थानमा हल्का पानी परिरहेको छ। 

दिउँसो देशभरको मौसम सामान्य देखि पूर्ण बदली भई धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति प्रदेश नम्बर १, २, बागमती, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार