सोमवार, श्रावण २५ गते २०८३

उपत्यकामा आजदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै

बिहिवार , श्रावण १४, २०७८

काठमाडौं। काठमाडौं उपत्यकामा आजदेखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइँदैछ। यसअघि छुटेका ५० वर्ष वा सो भन्दा माथि सबै उमेर समूहका नागरिकलाई खोप लगाउन लागिएको हो।

खोप अभियान साउन १८ गतेसम्म जारी रहने छ। स्वास्थ्य सेवा विभागका अनुसार यसपटक वडास्तरमा खोप केन्द्रको व्यवस्था गरिएको छ। काठमाडौं महानगरका ३२ वटा वडाबाटै खोप लगाउन पाइने छ। यसअघि सिमित खोप केन्द्रको व्यवस्था गरिँदा मानिसहरुको भीडभाड भएर झन् कोरोना फैलने जोखिम बढेपछि वडा स्तरमै खोप केन्द्रको व्यवस्था गरिएको हो।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालका अनुसार ललितपुर जिल्लाका ७२ वटै वडामा खोप केन्द्रको व्यवस्था गरेको छ। ललितपुर महानगरमा भने भोलिदेखि लगाउने भए पनि अन्य स्थानीय तहमा आजैदेखि खोप अभियान सुरु हुने उनले बताए। खोप लगाउनका लागि उमेर खुल्ने नागरिकता, पासपोर्ट, सवारी चालक अनुमतिपत्र वा केही नभए वडा कार्यालयबाट उमेर प्रमाणित भएको कागजात आवश्यक पर्नेछ। खोप अभियान विहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन हुनेछ। 

अत्यावश्यक सेवामा कार्यरतहरूका लागि काठमाडौंमा पाँच वटा खोप केन्द्र तोकिएको छ । राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी, वीर अस्पताल, टिचिङ अस्पताल, सिभिल अस्पताल र टेकु अस्पतालमा केन्द्र तोकिएको विभागले जनाएको छ। 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार