काठमाडौं। फिफा महिला विश्वकप फुटबलमा समूह ‘सी’बाट स्पेन र जापान अन्तिम १६ मा प्रवेश गरेका छन् । न्युजिल्यान्डको इडेन पार्कमा बुधबार भएको खेलमा स्पेनले जाम्बियामाथि ५-० को सानदार जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको हो ।
स्पेनका लागि जेनिफर हर्मोसो र अल्बा रेडोन्डोले २-२ तथा टेरेसा अबेलेरियाले १ गोल गरिन् । यो जितसँगै २ खेलबाट ६ अंक जोडेको स्पेन समूह ‘सी’ बाट एक खेल बाँकी रहँदै अन्तिम १६ मा पुगेको हो । लगातार दोस्रो पराजय बेहोरेको जाम्बिया भने विश्वकपबाट बाहिरिएको छ ।
त्यसअघि, भएको समूहको पहिलो खेलमा जापानले कोस्टारिकालाई २-० गोलले गोलले पराजित गरेको छ । न्युजिल्यान्डको फोर्सिथ बार स्टेडियममा भएको खेलमा जापानका लागि हिकारु नोमोतो र ओबा फुजिनोले एक-एक गोल गरिन् ।
यस जितसँगै २ खेलबाट ६ अङ्क जोडेको जापान प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
समान खेल खेलेको कोस्टारिका भने अङ्कविहीन रहँदै समूह चरणबाटै बाहिरेको छ । अब स्पेन र जापानबीच समूह विजेताको लागि प्रतिस्पर्धा हुनेछ ।