शुक्रवार, आश्विन २३ गते २०८३

प्रधानमन्त्री देउवालाई नेता नेपालको सुझाव : योग्य सहयोगी चाहिन्छ

बिहिवार , श्रावण १४, २०७८

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काबिल सहयोगी चुन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवालाई नेपालले सो प्रधानमन्त्री मात्रै भएर नहुने भन्दै उत्कृष्ट र  राम्रो कामका लागी काबिल सहयोगी चाहिने बताए ।

विश्व बाघ दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा नेपालले आफू प्रधानमन्त्री रहँदा प्रतिबद्ध टिम भएकाले प्रकृति संरक्षणको क्षेत्रमा गौरव गर्न लायक काम भएको भन्दै देउवालाई पनि काबिल सहयोद्धा चयन गर्न सुुझाव दिए ।

नेता नेपालले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, प्रधानमन्त्री मात्र भएर हुँदोरहेनछ, सहयोगी, सहयोद्धा पनि त्यस्तै काबिल चाहिन्छ, समर्पित चाहिन्छ र सिर्जनात्मक पनि चाहिन्छ ।’

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार