काठमाडौं। अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी फिफा महिला विश्वकपमा समुह डि मा रहेको चीन र इंग्ल्याण्डले जित निकालेका छन् । प्रतियोगितामा चीनले पहिलो जित निकाल्ने क्रममा हाइटीलाई पराजित गरेको हो ।
दोस्रो जित निकालेको इंग्ल्याण्डले डेनमार्कमाथि जित निकालेको छ । आज अष्ट्रेलियाको सिड्नीम सम्पन्न दोस्रो खेलमा इंग्ल्याण्डले डेनमार्कलाई १-० गोलले पराजित पराजित गरको छ । डेनमार्कको यो पहिलो हार हो ।
पहिलो खेलमा डेनमार्कले चीनलाई १-० गोलले पराजित गरेको हो । त्यस्तै इंग्ल्याण्डको यो लगातार दोस्रो जित हो ।
त्यस्तै आज एडिलेडको हिन्दमार्स रंगशालामा भएको समुह डि को अर्को खेलमा चीनले हाइटीलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ । १० खेलाडीमा सिमित चीनले हाइटीलाई १-० गोलले पराजित गरेको छ । समुह डी मा इंग्ल्याण्डले खेलेको दुई खेलमा जित निकाल्दै छ अंकका साथ शीर्ष स्थानमा छ ।
डेनमार्क र चीनको समान दुई खेलबाट समान तीन तीन अंक रहेको छ । आजै भएको खेलमा अर्जेन्टिना र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन् । समूह ईमा रहेका अर्जेन्टिना र दक्षिण अफ्रिकाले २-२ गोलेको बराबरी खेल्दै एक एक अंक लिएका हुन् ।