बिहिवार, आश्विन १५ गते २०८३

तालिबानका शीर्ष नेताहरू चीन पुगेपछि भारतमा मच्चियो हलचल

बिहिवार , श्रावण १४, २०७८

काठमाडौं । अफगानिस्तानको कट्टरपन्थी विद्रोही समूह तालिबानका शीर्ष नेताहरू चीन पुगेका छन्। तालिबानको पुनःउदय भैरहँदा त्रस्त भारतमा भने यो घटनालाई लिएर हलचल मच्चिएको छ । बीबीसी हिन्दीका अनुसार तालिबान नेता मुल्लाह अब्दुल गनी र चिनियाँ विदेशमन्त्री वाङ्ग यीबीच बुधबार उत्तरी चीनको तिआनजीनमा भेट भएको हो । 

चीनको सरकारी मिडियाहरूका अनुसार चिनियाँ विदेशमन्त्रीले तालिबानी नेताहरूलाई चीन विरोधी आतंकवादी संगठन इस्ट तुर्किस्तान इस्लामिक मूभमेन्टबाट अलग हुन भनेका छन् ।

तालिबानी प्रतिनिधिमण्डलका नेताहरुलाई पूर्वी तुर्किस्तान इस्लामिक मूभमेन्ट एक आतंकवादी समूह भएको र संयुक्त राष्ट्रसंघले समेत यसलाई सोही करार गरेको चिनियाँ अधिकारीहरूले बताएका थिए । तालिबानले सो संगठनसँग सम्बन्ध अन्त्य गर्ने चीनको माग रहेको खबरहरूमा उल्लेख छ ।

भारतीय मिडिया द हिन्दूका पत्रकार र चीनबारे पुस्तक लेखेका अनन्त कृष्णनले चिनियाँ विदेशमन्त्री वाङ्ग र तालिबानी नेताहरूबीच भएको भेटघाटलाई लिएर ट्वीटरमा लेखेका छन्, ’चीनका विदेशमन्त्रीले तालिबान र आतंकवादी संगठनबीच स्पष्ट फरक देखिनुपर्ने बताएका छन् ।

तालिबानले पनि आफ्नो भूमिबाट चीनमा कुनै नोक्सानी हुन नदिने प्रतिबद्धता जनाएका छन्।’
पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशी फर्किएको दोस्रो दिनमै तालिबानी नेता चीन पुगेका हुन् । कुरैशीले पनि चिनियाँ समकक्षीसँग भेटवार्ता गरेका थिए ।

अफगानिस्तानमा तालिबान विद्रोहीलाई पाकिस्तानले सघाइरहेको भारतले आरोप लगाउने गरेको छ । 
पाकिस्तानले आफ्ना विदेशमन्त्री र उनका चिनियाँ समकक्षीबीच अफगानिस्तान मामिलामा कुराकानी भएको जानकारी दिएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार