काठमाडौं । देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी छ । सरकारले खोपको मात्रा हेरेर उमेरसमुह तथा कामको अधारमा खोप बाँडेको छ । तर खोप सबैले लगाउन हुने हो की होइन भन्ने विषयमा खासै ध्यान दिएको छैन ।
हाल सरकारले १८ वर्ष माथीकालाई खोप दिने भनेपनि त्यसमध्ये सबैले दिघरोखी, कोरोना संक्रमित र अन्य रोगको उपचार गराइरहेका भने अन्यौलमा छन् । केही खोप केन्द्रहरूले उमेर मात्रै सोधेर खोप उपलब्ध गराउने गरेको समेत पाइएको छ ।
केही खोप केन्द्रहरूमा खोप लगाएका सर्वसाधारणको विस्तृत विवरण नराखिएको देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने खोप लगाउनुअघि आफ्नो रोग र आफूले सेवन गरिरहेको औषधिबारे स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने जनाएको छ ।
तर, सो विषय पूर्ण कार्यान्वयन हुन नसकेको पाइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रका अनुसार
– १८ वर्षभन्दा कम उमेर भएका व्यक्ति
– पहिलो मात्रा लगाएपछि गम्भीर एलर्जी भएमा
– उच्च ज्वरो आएको व्यक्तिले निको नहुन्जेल
– हाल (खोप लगाउने समयमा) गम्भीर बिरामी भएको
– संक्रमणमुक्त भएको ३० दिनअघि
– खोपको कुनै तत्वबाट गम्भीर प्रकारको प्रतिक्रिया भएमा,
स्वास्थ्य मन्त्रालयका अनुसार पहिला अन्य कुनै खोप, सुई, औषधि वा खानेकुराबाट गम्भीर प्रकारको प्रतिक्रिया भएको व्यक्ति, .हाल गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको व्यक्तिले निको नहुन्जेल खोप लगाउन मिल्दैन ।
कोभिड-१९ का लागि मोनोक्लोनल एन्टिबडी वा कन्भाल्सेन्ट प्लाज्मा थेरापी उपचार विधि अपनाएका व्यक्तिले ९० दिनपछि खोप लगाउन मिल्ने केन्द्रले जारी गरेको सूचनामा भनिएको छ ।
यस्तै, कोरोना संक्रमितले संक्रमणमुक्त भएको ३० दिनपछि खोप लगाउन मिल्ने स्वास्थ्य मन्त्रालयले बताएको छ । १८ वर्षभन्दा कम उमेरका व्यक्तिमा पनि खोप प्रयोगमा आएको छैन ।