शनिवार, कार्तिक १ गते २०८३

अन्तत: कपनको खहरे खोला खोल्न काठमाडौं महानगरले चलायो डोजर

शुक्रवार , श्रावण २६, २०८०

काठमाडौं। काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला खुला गर्न सुरु गरेको छ ।

शुक्रबार साँझ काठमाडौं महानगरपालिका-१० र बूढानीलकण्ठ-७ को सीमानामा रहेको सात तले चोकनजिक खहरे खोला खोल्न काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो ।

हिजो बिहानदेखि दुई पालिकाबीच खोलाको विषयमा विवाद हुँदा खोला वरपरको संरचना हटाउन सकेको थिएन । आज दुई पालिकाका प्रतिनिधिबीच लामो छलफलपछि  खाेला खाेल्ने सहमति भएपछि डोजर चलाएको काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।

उनीहरूबीच साततल्ले चोक जस्तको तस्तै राख्ने, सिमाना र खहरेको भाग समेत छुट्याउने लगायतका सहमति भएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार