शनिवार, कार्तिक १ गते २०८३

सप्तकोशीमा ३४ वर्ष यताकै उच्च बाढी, ब्यारेजका ५६ वटै ढोका खोलियो

सोमवार , श्रावण २९, २०८०

सप्तकोशी नदीमा पछिल्लो ३४ वर्ष यताकै उच्च बाढी मापन गरिएकाे छ।


पूर्वी पहाडी जिल्लाहरूमा केहि दिन यता निरन्तर पानी परेपछि सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्ष यताकै उच्च पुगेको हाे ।

सप्तकोशी नदी स्थित कोशी नदीमा बिहान ४ बजे ४ लाख ६२ हजार क्यसेक पानी प्रति सेकेण्ड बगेको छ । अहिले भने पानीको मात्र घट्दै गइरहेको छ ।

बिहान ६ बजे गरिएको मापन अनुसार कोशीमा ४ लाख ५२ हजार क्यसेक पानी प्रति सेकेण्ड बगिरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

अहिले कोशी ब्यारेजमा रहेका ५६ मध्ये सबै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् ।

कोशीमा सन् १९८९ सालमा ४ लाख ७२ हजार क्यसेक पानी प्रति सकेकेण्ड बगेको रेकर्ड छ ।

कोशी व्यारेजमा पानीको मात्रा बढेपछि व्यारेज  हुँदै आवत जावत बन्द गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार