शनिवार, कार्तिक १ गते २०८३

खानेपानी क्षेत्रका बिचौलियाको अन्त्य गर्न विशेष कार्यक्रम ल्याउँदै नेपाल बोटल वाटर संघ

बिहिवार , श्रावण ३२, २०८०

काठमाडाैं। साना बोटल तथा जारको पिउने पानी उत्पादन र बिक्री गर्दैआएको उद्योगीहरुको एकमात्र छाता संगठनको रुपमा रहेको नेपाल बोटल वाटर उद्योग संघले खानेपानी क्षेत्रका बिचौलिया अन्त्य गर्न आवश्यक प्रकृया अगाडि बढाउने भएको छ ।

संघको केन्द्रीय कार्यालय सुकेधारामा आज भएको पत्रकार सम्मेलन गर्दै संघले यो घोषणा गरेको हो । पत्रकारहरुसँग कुराकानि गर्दै नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष धु्रव गौतमले बिचौलियाकै कारण उद्योगीहरू मारमा परिरहेको बताए।

बिचौलियाका कारण आमउपभोक्तालाई पानीको मूल्य सरकारले तोकेभन्दा बढी परेको जनाउँदै संघले बजार अनुगमनलाई तीव्र पार्न खोजेको बताए। संघका अध्यक्ष ध्रुव गौतमका अनुसार उपत्यकाभित्र जारको पानीमा बढीमा ४५ देखि ४७ रुपैयाँ सम्म र बोतलको पानीमा प्रति बोतल १६ रुपैयाँ सम्म तथा उपत्यकाबाहिर जारको पानीमा ६० रुपैयाँसम्म र बोतलको पानीमा प्रति बोतल २० रुपैयाँसम्म पर्छ, त्यसभन्दा बढी मूल्यमा बेच्ने व्यापारीलाई कारबाही हुनेछ । 

संघले पानीको बजार अनुगमन गर्न संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विक्रम लिम्बू चेम्जोङको संयोजकत्वमा बजार अनुगमन समिति बनाएर बजार अनुगमनको कार्यलाई अगाडि बढाइसकेको जनाएको छ । उक्त समितिले बजारमा रहेका थोत्रा जार, अधिकतम मूल्य, बिक्रेताको गुणस्तर परीक्षणको प्रमाणपत्र राखे–नराखेको, ट्रेडमार्क मिसयुज, उत्पादन मिति र उपभोग्य मितिलगायतका विषयमा अनुगमन गर्नेछ । 

यसअघि उक्त समितिले ५० भन्दा बढी उद्योगी तथा बिक्रेतालाई कारबाही गरिसकेको छ । वरिष्ठ उपाध्यक्ष चेम्जोङले पानीको गुणस्तर हेरेर उपभोग गर्न आमउपभोक्तालाई आग्रहसमेत गरेका छन्। संघका सल्लाहकार गोकर्ण सिलवालले संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गरेको निर्णयका आधारमा पानीको मूल्य समायोजन भएको भन्दै समायोजन गरेकै मूल्यमा पानी खरिद गर्न उपभोक्तालाई आग्रह गरे। 

हाल काठमाडौं उपत्यकाभित्रमा मात्र दैनिक दुई लाख ५० हजार जार पानी खपत हुँदै आएको छ। नेपालबाट आर्थिक वर्ष ०७९र८० मा मात्र रु। ६० करोड मूल्यबराबरको पानी विदेश निर्यात भएको संघले जनाएको छ। हाल काठमाडौं उपत्यकाभित्र झन्डै दुई सय र देशभर पाँच सयभन्दा बढी पानी उद्योग रहेका छन् । 

यस्ताे छ विज्ञप्ति

काठमाडौँ उपत्यका तथा देशभरी सञ्चालित पानी उद्योगीहरू स्थापनाकालदेखि नै सञ्चालनमा रहँदै आएको छ, भने आज चौतर्फी घेराबन्दिको सामना गरिहरेको छ । हालै विभिन्न सरोकारवालाको तारो बन्नुको साथै पानी माफिया, बिचौलियाको कारणबाट निकै प्रभावित बनेको छ । जबकी गत बर्ष २०७९ जेठ १९ गतेदेखि बिभिन्न खाद्य बस्तुको मूल्यवृद्धि हुँदासमेत कोही सरोकारवालाहरूको केही सुनुवाइ थिएन । उपभोक्ताकाे हितलाई ध्यानमा राखी जारमा उद्योग मुल्य रु १८, बजार मूल्य रु ३५, उपभोक्ता मूल्य ४५,४७ र बोतलमा उद्योग मूल्य प्रति बाकस रु १३० बजार मूल्य १४५, १६० र अधिकतम खुद्रा मूल्य प्रति बोटल रु १६ कायम भएको छ । तर हाल बिचौलियाको चरम खेलवाड तथा नियमन निकायको सशक्त अनुगमन तथा उद्योगीलाई बिना जानकारी जार नष्ट गर्दा उद्योगी दोहोरो तेहरो मर्कामा पर्न गएका छन् । उपभोक्तालाई ध्यानमा राख्दै बर्षातको अवस्थामा पनि गुणस्तर पानी बिक्री बितरण गर्र्दै सहजीकरण गर्ने कार्य गर्दा पनि माफिया र बिचौलियालाई आपत्ति भएको पानीका आम उद्योगीहरुको भनाई छ ।

यता भने, सोही प्रकृतिको ग्यासको हकमा एक सिलिन्डर २९ केजी ढुवानी गर्दा रु १०० मन्जुर दिन हुने तर पानीमा ढुबानी खर्च जोड्दा पहाडै खसेझै गर्ने प्रचलनले समेत पानी उद्योगी कमाउने भन्दा दिन दुई गुण रात चाैगुणा गुमाउँदै गएको आम उद्योगीको गुनासो रहेको छ । सङ्घलाई पटक पटक जानकारी गराउँदै आएको र मध्य नजर गर्दै अन्य उपभोग्य खाद्य बस्तुको चौगुणा मूल्यवृद्धि भएपनि पानीको हकमा गत बर्ष लिएको मूल्यलाई यथावत कायम राख्दै तपसिल बमोजिमको मूल्यलाई निरन्तरता दिने कार्य भएको छ । यस्तै प्रवृतिदेखि कहिलेसम्म आम उद्योगी व्यवसायीले सहनुपर्ने ? के आम जनतालाई हाम्रो देशमा गरि खान नपाउने हो ? सरोकारवालाहरूले कहिले सुन्ने साना तथा मझौला व्यवसायीको मर्का ? के हाम्रो देशको नीति नियम यही हो त? जहा पनि माफिया र बिचौलियाको खेल ? सम्बन्धित निकायमा ध्यान जावस्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार