बिहिवार, आश्विन २२ गते २०८३

संसद अबरोध खुलाउन प्रधानमन्त्रीसँग छलफल गर्दै सभामुख

शुक्रवार , भाद्र १, २०८०

काठमाडौं । झन्डै एक महिना देखी अबरुद्ध संसद खुलाउन सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन । 

सभामुख घिमिरेको सचिवालयका अनुसार जारी सदनको अवरोध खुलाउने विषयमा सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अहिले छलफल गर्दैछन ।

आज बिहान ९ बजे वालुवाटारस्थित प्रधानमन्त्रीसँग सरकारी निवासमा सभामुख र प्रधानमन्त्री प्रचण्डका बिचमा छलफल हुदैँछ । 

सदन अवरोध भए पछि सभामुख घिमिरेसँग प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसकेका छन् ।

सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति नबनाएसम्म प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अबरुद्ध गर्दै आएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार