काठमाडौं । दार्चुलास्थित महाकाली नदी तनृ लाग्दा तुइनबाट नदीमा खस्द एकजना वेपत्ता भएका छन् । । शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर सोही ब्यास गाउँपालिका–२ मालका अन्दाजी ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् ।
बिहान ५-६ जना स्थानीयले तुइनबाट महाकाली नदी पार गरेको र धामी भने खसेर महाकाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । बेपत्ता धामीको खोजी शुरु गरिएकोे प्रहरीले जनाएको छ ।