बुधवार, आश्विन १४ गते २०८३

मलेसियासँग पराजित भएपनि महिला क्रिकेट सिरिजमा नेपाल शीर्ष स्थानमा

शुक्रवार , भाद्र ८, २०८०

काठमाडौं। मलेसियासँग ६ विकेटले पराजित भएको छ । बायुमास ओभल मैदानमा नेपालले दिएको ८४ रनको लक्ष्य घरेलु टोली मलेसियाले १६ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । यसअघि हङकङ र कुवेतलाई पराजित गरेको नेपाल आज मलेसियासँग पराजित भएपनि फाइनल भने खेल्ने भएको छ ।

फाइनलमा नेपालको भेट हङकङसँग हुने भएको छ । नेपाल, हङकङ र मलेसियाको समान ४ अंक भए पनि रनरेटमा नेपाल शीर्ष र हङकङ दोस्रो स्थानमा रहँदा मलेसिया जित निकालेर पनि तेस्रो स्थानमा रहेको हो । यसैगरी एक खेल पनि नजितेको कुवेत चौथो स्थानमा रहेको छ ।

नेपालविरुद्ध मलेसियालाई जित दिलाउन अनिना हमिजाह हासिमले ३७ रनको नटआउट पारि खेलिन् । यसैगरी महिराह इस्माइलले २१ रन बनाउँदा वान जुलियाले ८ रनको योगदान गरिन् । नेपालका लागि पुजा महतो, सिता रानामगर, रुविना क्षेत्रीले एक एक विकेट लिए ।  

नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायो । बर्षाका कारण खेल २ ओभर घटाइएको थियो । नेपालका लागि कप्तान रुबिना क्षत्रीले २३ रन बनाउँदा इन्दू बर्माले २० तथा काजल श्रेष्ठले १८ रन बनाइन् ।

मलेसियाका लागि अनिना हमिज, माहिरा इस्माइल र नूर समदले दुई दुई विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार