काठमाडौं। नेपालको सबैभन्दा ठूलो तथा सुन्दरताका पारखीहरुको सर्वाधिक रोजाईमा पर्न सफल फेसियल हाउसले विशेष अफर सार्वजनिक गरेको छ। हिन्दू नेपाली नारीहरुको महान चाड हरितालिका तीजका अवसरमा हाउसले विशेष प्याकेजको अफर सार्वजनिक गरेको हो।
तीज अफर अन्तर्गत ग्राहकहरूले फरक–फरक आकर्षक प्याकेजहरू प्राप्त गर्न सक्ने फेसियल हाउसले जनाएको छ। त्यस अवसरमा हाउसले आप्ना सबै सेवाहरुमा १५ प्रतिशत छुट सुविधा समेत दिने भएको छ।
फेसियल हाउसको काठमाडौंसहित देशका प्रमुख शहरमा शाखा कार्यालय रहेका छन् । काठमाडौं महलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसको सिटिसि मल, सुन्धारा, केएल टावर, चावहिल,पोखरा, सुर्खेत र धनगढी गरि कुल ७ शाखा कार्यालय रहेको छ ।करिब तीनसय हाराहारीमा रोजगारी दिदैं आएको फेसियल हाउसले ब्युटिसम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या, मेकअप,माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा प्रवाह गर्दै आएको छ ।