शनिवार, कार्तिक १ गते २०८३

त्रिशुली नदीमा डुबेर २ जना बेपत्ता

शनिवार , भाद्र ९, २०८०

पिकनिक खान गएका भरतपुरका २ जना त्रिशुली नदीमा बेपत्ता भएका छन् ।

भरतपुर महानगरपालिका–२९ गाईघाटस्थित त्रिशुली नदी किनारमा भरतपुरबाट पिकनिक खान गएका २ जना बेपत्ता भएका हुन् ।

भरतपुर महानगरपालिका–१० का अर्जुन प्रधान र प्रविण श्रेष्ठ बेपत्ता भएका चितवनका प्रहरी नायव उपरीक्षक विजय पण्डितले बताए ।

त्रिशुलीमा मुख धुने क्रममा नदीले बगाउँदा दुवै जना बेपत्ता भएका छन् । बेपत्ता दुवैको प्रहरीले खोजतलास गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार