शनिवार, कार्तिक १ गते २०८३

ललिता निवासमा सरकारी कीर्तेमा मात्र मुद्दा चल्ने

आइतवार , भाद्र १०, २०८०

काठमाडौं । ललिता निवासमा प्रकरणमा सरकारी कीर्तेमा मात्र मुद्दा चलाउने भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले संगठित अपराधमा अभियोग पत्र दर्ता नगर्ने भएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन गरी सरकारी वकिल कार्यालयले केहीबेरमा अदालतमा मुद्दा दायर गर्दैछ ।

यसअघि सीआईबीले सरकारी लिखत कीर्ते र संगठित अपराधमा अनुसन्धान गरेको थियो । असार १२ गते मीनबहादुर गुरुङसहित ४ जनालाई पक्राउ गरेपछि ललिता निवास प्रकरणमा प्रहरीले फेरि अनुसन्धानको फाइल खोलेको हो ।

संगठित अपराधमा ६० दिनको अनुसन्धान म्याद हुन्छ । तर, सरकारी कीर्तेमा भने २५ दिनमात्र अनुसन्धानको लागि २५ दिनमात्र हिरासतमा राख्न पाइन्छ 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार