सोमवार, कार्तिक १० गते २०८३

कर्णाली नदीमा स्कारपियो खस्दा दुई जना बेपत्ता, ३ जनाको उद्धार

शुक्रवार , श्रावण १५, २०७८

काठमाडौं । कर्णाली नदीमा स्कारपियो गाडी (जिप) खसेको छ । स्कारपियो नदीमा खस्दा दुई जना बेपत्ता भएका छन्, ३ जनाको उद्धार गरिएको छ । जीपमा पाँच जना सवार रहेको र वेपत्ताहरुको खोजी गरीरहेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

उनका अनुसार उद्दार गरिएका तीनै जनाको अवस्था जटिल रहेकोले उनीहरुलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । डोटीको आदर्श गाउँपालिकाका चन्द्रप्रकाश जोशीले चलाएको स्कारपियो चिसापानीदेखि सोल्टा जाने सडक खण्डको बाँकामा पल्टिएको प्रहरीले जनाएको छ ।

जोशी आफ्नो परिवारसहित नेपालगञ्जबाट उपचार गरेर घर फर्किने बेला चिसापानी घुम्न निस्किएका थिए । गाडीमा सवार १२ वर्षीया लक्ष्मी जोशी, ४ वर्षीया सावित्रि जोशी र ३ वर्षीय भुवन जोशीको उद्दार गरिएको छ भने चन्द्रप्रकाश र रुपी जोशी बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी अधिकारीले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार