शनिवार, कार्तिक १ गते २०८३

पोर्चुगलबाट डिआरसी तिलक गैरेद्वारा एनआरएनए सह-कोषाध्यक्षमा उम्मेदवारी घोषणा

मंगलवार , भाद्र १२, २०८०

पोर्चुगल। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को आईसिसि सह–कोषाध्यक्षमा पोर्चुगलका युरोप सह संयोजक तिलक गैरेले उम्मेदवारी घोषणा गरेका छन् ।  

आगामी १७–२० अक्टोबर हुने ११ औं महाधिवेशन र संघको २०२३–२५ कार्यकालका लागि उनले सह कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाली नारी समाज र  महिला समाज पोर्चुगलले लिस्बनमा आयोजित संयुक्त अधिवेशनको अवसरमा गैरेले सह कोषाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन । गैरे हाल एनआरएनए युरोप क्षेत्रका उपसंयोजक (डिआरसी) रहेका छन् ।

पोर्चुगलमा कृषि व्यवसाय र नेपालमा विभिन्न ब्यावसायमा संलग्न गैरेले सयौं नेपाली लगायत श्रमिकहरुलाई रोजगारी दिएका छन । गैरेको नेपालमा हाइड्रोपावर र होटल व्यवसायमा ठुलो लगानी रहेको छ ।

गैरे १५ वर्षदेखि एनआरएनएको  अभियानमा सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील रहँदै आएका ब्यक्ति हुन् । गैरेले विगतमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको सदस्य, लेखा समिति संयोजक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छन भने हाल युरोप क्षेत्रको उपसंयोजकको रूपमा क्रियाशील रहेका छन ।

गैरेले सह कोषाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै आफ्नो लामो अनुभव, प्रतिवद्दता, क्रियाशीलता र अझै पनि केही योगदान गरौं र दिन सकिन्छ भन्ने इच्छाले आगामी महाधिवेशनबाट सन २०२३–२५ कार्यकालको लागि आईसिसि सह कोषाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।

संघमा उनले गरेको योगदान, दिएको समय र आगामी दिनमा संस्था एवं गैरआवासीय नेपालीको लागि आफूले खेल्ने भूमिकालाई मूल्यांकन गरी आफूलाई साथ, सहयोग, समर्थन, सद्भाव र सुभेच्छा प्रदान गरिदिनुहुन सम्पुर्ण अभियन्ता र गैर आवासीय नेपालीहरुमा आग्रह गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार