बुधवार, आश्विन १४ गते २०८३

एसिया कप: विश्वकप विजेता पाकिस्तानसँग भिड्दै नेपाल

बुधवार , भाद्र १३, २०८०

काठमाडौँ। आजदेखि सुरु हुने एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । 

पाकिस्तानस्थित मुल्तान स्टेडियममा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजेबाट मा सुरु हुनेछ । 

नेपालले पाकिस्तानविरुद्ध उद्घाटन खेलका लागि मैदानमा उत्रँदा नेपालका लागि एसिया कपमा डेब्यू पनि हुनेछ । नेपालले पहिलो पटक एसिया कप खेल्न लागेको हो ।

नेपाल पाकिस्तानको सिनियर टिमसँग कुनै पनि फर्म्याटमा पहिलो पटक आमनेसामने हुन लागेको हो ।

एसिया कपले नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको शीर्ष स्थानको पाकिस्तानसँग खेल्ने अवसर जुराएको छ ।नेपाल र पाकिस्तानबीचको खेलअघि उद्घाटन समारोह समेत आयोजना हुने तालिका रहेको छ ।

समूह ‘ए’ मा रहेको नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल भारतविरुद्ध श्रीलंकामा सेप्टेम्बर ४ मा खेल्ने तालिका रहेको छ ।नेपालले भारतको सिनियर टोलीविरुद्ध पनि पहिलोपटक खेल्न लागेको हो । भारत पनि अहिले आईसीसीको एकदिवसीय वरीयताको तेस्रो स्थानमा छ ।

एसिया कपलाई नेपालले खेल जित्नुभन्दा पनि सिक्ने ठूलो अवसरको रुपमा लिएको छ।नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले पनि नेपालले जित्ने भन्दा पनि सिक्ने अवसरको रुपमा लिने बताएका छन् ।

तर कप्तान रोहित कुमार पौडेलले भने पाकिस्तान र भारत दुवै टिमविरुद्ध अनपेक्षित नतिजा निकाल्ने चाहना रहेको बताएका छन् ।

यसैबीच भारतीय ब्याटर केएल राहुलले पाकिस्तान र नेपालविरुद्धको खेल गुमाउने भएका भारतीय टिमका मुख्य प्रशिक्षक राहुल ड्रविडले जनाएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार