बुधवार, आश्विन १४ गते २०८३

रुसको एयरपोर्टमा ड्रोन आक्रमण

बुधवार , भाद्र १३, २०८०

 रुसको उत्तरपश्चिमी सहर प्सकोभको एयरपोर्टमा ड्रोन आक्रमण भएको बताइएको छ। स्थानीय गभर्नरले सेनाले आक्रमणलाई विफल पारेको बताएका छन्।

गभर्नरले एक भिडियो सेयर गरेका छन्, जसमा विस्फोटको आवाज र आगलागी देख्न सकिन्छ।

रुसी सञ्चारमाध्यममा चारवटा यातायात विमानमा क्षति पुगेको जनाइएको बीबीसी समाचारमा उल्लेख छ। रुसी समाचार एजेन्सी टासका अनुसार ड्रोन आक्रमणपछि दुईवटा विमानमा आगो लागेको छ ।

प्स्कोभका गभर्नर मिखाइल भेडेर्निकोभले प्रारम्भिक अनुसन्धानले आक्रमणमा कुनै हताहत नभएको जानकारी दिएका छन्। पेस्कोभ युक्रेनबाट ६०० किलोमिटर टाढा छ र यो इस्टोनियाको नजिक छ।

युक्रेनले यस हमलामा आफ्नो संलग्नताबारे केही बताएको छैन। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार