काठमाडौं। एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध ३४३ रनको लक्ष्य पछ्याएको नेपालले ३ विकेट गुमाएको छ ।
साहिन शाह अफ्रिदीले पाँचौं र छेटौं बलमा कुशल भुर्तेल र रोहित पौडेललाई आउट गरे । पहिलो ओभरमै नेपालले २ विकेट गुमाएकाे थियाे।
सुरुका दुई बलमा चौका प्रहार गरेका कुशल पाँचौं बलमा विकेटकिपरबाट क्याच आउट भएका थिए । रोहित एलबीडब्लु धरापमा परे ।
त्यसपछि क्रिजमा आएका आसिफ शेख पनि क्याचआउट भएका छन्।