काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ६११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थय तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ । यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ । यो संगै हालसम्म कोरोना संक्रमणका कारण नेपालमा ९ हजार ८३४ जनाको मृत्यु भएको छ ।
सोही अवधिमा १ हजार ८१६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो संगै ६ लाख ५२ हजार २६१ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेका छन् ।
जसमध्ये २७ हजार ८२० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संक्रमित मध्ये ६८६जना आईसीयू र १६१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।