सोमवार, कार्तिक १० गते २०८३

चिनियाँ नागरिकको मदिरा भट्टीमा प्रहरीको छापा

शुक्रवार , श्रावण १५, २०७८

काठमाडौं । कोठमाडौंस्थित ठमेलमा चिनियाँ नागरिकले संचालन गरेको अवैध मदिरा भट्टीमा प्रहरीले छापा मारेको छ । ठमेलमा होटल दर्ता गरे चिनियाँ नागरिक ५६ वर्षीय सिजि जिहुईले अवैध रुपमा संचालन गरेको मदिरा भट्टीमा प्रहरीले छापा मारेको हो । महाशाखाको टोलीले मदिरा उत्पादन गर्ने सामग्रीसहित ठूलो परिमाणमा मदिरा तथा मदिरा उत्पादनमा प्रयोग हुने कच्चापदार्थ बरामद गरेको छ ।

आन्तरिक राजस्व  कार्यालय महाराजगंज र स्थानीय जनप्रतिनिधिको रोहबरमा उक्त भट्टीमा छापा मारेको महाशाखाले जनाएको छ । ठमेलस्थित छिन्ता लामाको घर भाडामा लिई गत वैशाख १० गतेबाट होम स्वीट स्मेल होटल एण्ड रेष्टुरेन्ट प्रा.लि. दर्ता गरी जुहुईले अवैध मदिरा भट्टी संचालन गरेको खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ । महाशाखाले उनले संचालन गरेको रेष्टुरेन्ट पनि सिल गरेको छ ।

उक्त भट्टीबाट चार वटा स्टिलको मेसिन, मदिरा जम्मा गर्ने ट्याङ्की, मदिरा तौल गर्ने मेसिन, ८० वटा  प्लाष्टिकको ड्रममा रहेको कच्चापद्वार्थ र ड्रम एक सय १३ थान बरामद गरिएको महाशाखाले जनाएको छ । 

पक्राउ परेका चिनियाँ नागरिक लामो समयदेखि नेपालमा बसेर अवैध काम गर्ने गरेको समेत खुलेको छ । सरकारी अनुमतिबिना ‘चिनियाँ कोदोको शुद्ध लोकल रक्सी’ नामक मदिरा उत्पादन गर्ने गरेको खुलेको छ । चीनको जियाङ्गसु प्रान्त घर भएका जुहुई पर्यटन भिसामा नेपाल आएका थिए ।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार