काठमाडौं। एसिया कप क्रिकेट अन्तर्गत भारत २६६ रनमा समेटिएकाे छ।
श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर भारतले ब्याटिङ गरेकाे भारतले जितका लागि पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको हाे।
भारतले ४८.५ ओभरमा अलआउट हुँदै २६६ रन बनायो । भारतका लागि हार्दिक पाण्डेयाल ८७ रन बनाए । यस्तै इशान किशनले ८२ रन बनाए ।
विराट कोहली ४ रनमा आउट हुँदा कप्तान रोहित शर्मा ११ र अर्का ओपनर शुभमन गिल १० रनमा आउट भएका थिए ।
यस्तै श्रेयस अय्यर र रविन्द्र जडेजाले समान १४-१४ रन बनाए । त्यसैगरि जसप्रित बुमराहले १६ रन बनाए । पाकिस्तानका लागि शाहीन शाह अफ्रिदिले ४ विकेट लिए । यस्तै हरि राउफ र नसीम शाहले ३-३ विकेट लिए ।