शनिवार, कार्तिक १ गते २०८३

एकता प्रक्रिया अगाडि बढाउन एनआरएनए उपाध्यक्ष शर्माको अनुरोध, अस्ट्रेलियापछि न्युजिल्याण्ड भ्रमणमा

शनिवार , भाद्र १६, २०८०

अस्ट्रेलिया(सिड्नी)। गैरआवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)का उपाध्यक्ष राजेन्द्रकुमार शार्मा(आरके)ले एनआरएनएका दुई पक्षबीचको एकता प्रकृयालाई तीव्रताका साग अगाडि बढाउन अनुरोध गरेका छन्। 

एनआरएनए अस्ट्रेलियाको साधारण सभा तथा नेतृत्व हस्तान्तरण कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका शर्माले सबैको एउटै उद्देश्य भएको हुँदा मिलेर अगाडि बढनुपर्ने धारणा राखे। कार्यक्रममा शर्माले एनआरएनए अभियानमा पूर्व अध्यक्ष शेष घलेको भूमिका पनि उतिकै महत्त्वपूर्ण रहेको हुँदा सबै पक्ष मिलेर जानुपर्ने धारणा राखे। “सम्माननीय प्रधानमन्त्रीको उपस्थितिमा दुवै पक्षले एकतामा जाने गरेको हस्ताक्षर अनुसार अगाडि बढ्नुपर्छ,शर्माले भने।

शर्माले आइसीसीमा हुने निर्वाचनको प्रभाव एनसीसीमा देखिन नहुने भन्दै अभियानलाई विभाजन गर्ने तर्फ नगएर एकताको कार्यमा अगाडी बढ्नुपर्नेमा जोड दिएका हुन्। उनले नेपालबाट विदेश आएका नेपालीहरूको एउटै उद्देश्य रहेको भन्दै सबैको साझा समस्यालाई एनआरएनए अभियानले समाधान गर्नुपर्ने समेत बताएका छन्। 

शर्माले यो पटकको एनसीसीको निर्वाचन विवाद रहित तरिकाले सम्पन्न भएको भन्दै अभियान अब नयाँ ढंगले अगाडि बढ्ने समेत बताएका छन्। “अभियानको पवित्र उद्देश्यमा हामीहरूले सामाजिक सेवालाई निरन्तरता दिएर आर्थिक विकासको लागि काम गर्नुपर्छ,शर्माले थपे,“हाम्रो उद्देश्य नेपाललाई विकसित देश बनाएर छिट्टै विदेशबाट फर्कने हो।”

आगामी अधिवेशन सन २०२३र२५ मा गैरआवासीय नेपाली संघको अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका शर्मा अहिले ओसियाना क्षेत्रमा रहेका छन्। अस्ट्रेलियामा एनआरएन अभियन्तासँग भेटेर शर्माले सुझाव लिइरहेका छन्। अस्ट्रेलिया भ्रमण सकेपछि शर्मा आईतबार न्युजिल्याण्ड जाने तयारीमा छन्। शर्माले नेतृत्वको लागि युरोप,जापान तथा मलेसियाको भ्रमण गरेर गैरआवासीय अभियन्तासँग छलफल तथा अन्तरक्रिया सम्पन्न गरिसकेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार