सोमवार, कार्तिक १० गते २०८३

भारतमा बाढीले बगाउँदा एक नेपालीको मृत्यु, अन्य ६ जना बेपत्ता

शुक्रवार , श्रावण १५, २०७८

काठमाडौं । भारतमा बाढीले बगाउँदा एक नेपालीको मृत्यु भएको छ । बाढीकै कारण थप एक नेपाली मजदुरसहित ६ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा बैतडी दोगडाकेदार गाउँपालिका-६ गौकुरा घर भई हाल कञ्चनपुरमा बस्ने ३८ वर्षीय मगन भनिने धनसिंह भण्डारी रहेका छन् ।

भारतको सिलुगढीको सिक्किमस्थित लेकपहाडी डाँडा भएर आएको खोलाले भण्डारीलाई बगाउँदा शुक्रबार बिहान मृत्यु भएको उनका भाइ सुरेन्द्रले जानकारी दिएको जनाइएको छ ।  उक्त क्षेत्रमा केही दिनदेखि लगातार रुपमा वर्षा भइरहेको छ । भण्डारी ड्युटीमै रहेका बेला बाढीले बगाएको बताइएको छ ।

सिक्किमस्थित रेल चल्ने सुरुङ निर्माण गर्ने काममा भण्डारी खटिएका थिए । १५ वर्षदेखि उनी भारतमा मजदुर गर्दै आएका थिए । भण्डारीका श्रीमती, ३ छोरी र १ छोरा छन् । त्यही बाढीमा परेर दोगडाकेदार गाउँपालिका–६ डोल घर भएर कञ्चनपुरको पिपलाडी बस्ने डम्मर लुहार बेपत्ता भएका छन् । यस्तै सोही कम्पनीमा काम गर्ने अन्य ५ भारतीय मजदुर पनि बेपत्ता भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार