बुधवार, आश्विन १४ गते २०८३
दाेस्राे स्थानका लागि नेपाल-भारतकाे खेल निर्णायक

एसिया कप: भारत-पाकिस्तानबीचकाे खेल वर्षाले रद्द, पाकिस्तान सुपर ४ मा

शनिवार , भाद्र १६, २०८०

काठमाडाैं। एसिया कपकाे समूह चरणमा भारत र पाकिस्तानबीचकाे शनिबारकाे खेल वर्षाले रद्द भएकाे छ। 

सुरुदेखि वर्षाले प्रभावित खेलमा टस जितेर भारतले ब्याटिङ रोजेको थियो । भारतले ४९.५ ओभरमा सबै विकेट गुमाएर २६६ रन जोड्यो । तर दोस्रो इनिङमा लगातार पानी परेपछि पाकिस्तानले ब्याटिङ गर्न सकेन । खेल रद्दको घोषणा गरिएको छ ।

खेलमा नतिजा आउने अवस्था नदेखिएपछि दुवै टीमले १-१ अंक बाँडेका छन् ।

पाकिस्तानले ३ अंकसहित सुपर चारमा स्थान बनाएको छ । भारतले भने नेपालसँगको खेल पर्खिनुपर्नेछ । नेपाल र भारत बीचकाे म्याचमा विजयी टिम सुपर फाेरमा पुग्ने छन् । अंक बाँड्नुपर्ने अवस्थामा नेपाल बाहिरिने छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार