बुधवार, आश्विन १४ गते २०८३

एसिया कप: नेपाल र भारतविरुद्धको खेल वर्षाले अवरुद्ध, नेपालकाे १७८ रन

सोमवार , भाद्र १८, २०८०

काठमाडौं। एसिया कपअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाले अवरुद्ध भएको छ। ३७.५ ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल अवरुद्ध भएको हो।

नेपालले ३७.५ ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको छ। नेपालका लागि दीपेन्द्र सिंह ऐरी २७ र सोमपाल कामी ११ रनमा अविजित छन्।

यसअघि गुल्शन झा २३, आशिफ शेख ५८ रन, कुशल भुर्तेल ३८ रन, भीम सार्की ७ रन, रोहित पौडेल ५ रन र कुशल मल्ल २ रनमा आउट भएका थिए। 

पाल र भारतबीचको खेल हेर्न नेपाली समर्थकहरू श्रीलंका पुगेका छन्। क्यान्डीस्थित रंगशालामा नेपाल र भारतबीचको खेलमा नेपाली समर्कथहरू उल्लेख्यरूपमा देखिएका छन्।

नेपालबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, अभिनेत्री वर्षा सिवाकोटीलगायतले मैदानमा नेपाली खेलाडीलाई समर्थन गरिरहेका छन्। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार