शनिवार, कार्तिक १ गते २०८३

हर्क साम्पाङलाई प्रश्न सोधेकै भरमा धरानका एक युवा पक्राउ

शनिवार , भाद्र २३, २०८०

धरान। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रश्न सोधेकै भरमा एक युवा पक्राउ प्रहरी हिरासतमा पुगेका छन्।

शुक्रबार धरान-१५ मा लागूऔषध सचेतना गरिरहेका मेयर साम्पाङलाई डेंगुले मान्छे मरिरहेको अवस्थामा तपाईं बाटोमा अर्कै कार्यक्रम गर्ने भनेर अशोक लिम्बूले प्रश्न सोधेका थिए। त्यति भनेपछि साम्पाङले नगर प्रहरी लगाएर पक्राउ गरेको लिम्बुले बताए। लिम्बुलाई अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ।

लिम्बुविरुद्ध उजुरी भने कसैले दिएको छैन। मेयर साम्पाङको निर्देशनमा नगर प्रहरीले लिम्बुलाई पक्राउ गरेर बुझाएपछि हिरासतमा राखिएको धरानका डीएसपी नवराज मल्लले बताए। उनले यस विषयमा अनुसन्धान भइरहेको बताए।

किराँत याक्थुम चुम्लुङका राष्ट्रिय चुम्लुङ सदस्य ताजुव लिम्बुले तत्काल उनलाई रिहाइ नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार