बुधवार, आश्विन १४ गते २०८३

मोरक्को भूकम्पमा ज्यान गुमाउनेको संख्या ६ सय नाघ्यो

शनिवार , भाद्र २३, २०८०

एजेन्सी। मोरक्कोमा शुक्रबार राति गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ६ सय नाघको छ । मोरक्कन सञ्चारमाध्यमहरुका अनुसार भूकम्पमा परी मृत्यु हुनेको संख्या ६३२ पुगेको छ।

त्यस्तै ३२९ जना घाइते भएका छन् । तीमध्ये ५१ जनाको अवस्था गम्भीर रहेको समाचार संस्था राेयर्टसले जनाएको छ। 
भूकम्पमा परी माराकेस र त्यसआसपासका बासिन्दाहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

मोरक्कोको आन्तरिक मामिला मन्त्रालयका अनुसार शुक्रबार राति मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले भत्किएका भवनका भग्नावशेषमा मानिसहरू पुरिएको र उद्धारसमेत भइरहेको राेयर्टसले जनाएको छ ।

Reuters Graphics

भूकम्पको केन्द्रविन्दु माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेन रहेको बीबीसीले जनाएको छ । यूएएस जिओलोजिकल सर्भेका अनुसार भूकम्पको गहिराइ १८.५ किलोमिटर रहेको छ ।

माराकेसको पुरानो सहरका केही भवनहरू भत्किएका छन् । भूकम्पका कारण भवन ढल्दै गरेका दृश्यसमेतका भिडियोहरू सामाजिक सञ्जालमा देख्न सकिन्छ। भूकम्पपछि पराकम्पहरू आइरहेकाले स्थानीय बासिन्दा घरबाहिरै बसिरहेका छन् ।

Tourists take shelter outside a hotel after an earthquake in Marrakech, Morocco, Friday, Sept. 8, 2023. A rare, powerful earthquake struck Morocco late Friday night, killing hundreds of people and damaging buildings from villages in the Atlas Mountains to the historic city of Marrakech. (AP Photo)

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार