शनिवार, कार्तिक १ गते २०८३

क्रिक्रेटर आशिफमाथि बलात्कारको आराेप

सोमवार , भाद्र २५, २०८०

क्रिक्रेटर आशिफ शेखमाथि बलात्कार आरोप लागेको छ। एक युवतिले आशिफ शेखलाई बलात्कार गरेको आरोप लगाएकी हुन्।

आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित युवती महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेकी थिइन् । पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो।

महिला सेलले उनीहरूलाई उजुरीमा रित नपुगेको भन्दै फर्काएको छ। यता पीडित पक्षले रित पुगाएर सोमबार निवेदन दिने जानकारी दिएको छ ।

यसअघि क्रिकेटर सन्दिपमाथि पनि एक नावालिकाले बलात्कार आरोप लगाएकी थिइन् । सन्दिपविरुद्धको मुद्धामा अझै अनुसन्धान जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार