शनिवार, कार्तिक १ गते २०८३

बाजुरामा सांस्कृतिक कार्यक्रममा कुटपिट

सोमवार , भाद्र २५, २०८०

काठमाडौं। बाजुरामा वृक्षारोपण तथा सांस्कृतिक कार्यक्रममा कुटपिट भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका-६ का राजकुमार नाथ र अछामका दर्शन शाहमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

खप्तड छेडेदह गाउँपालिकाले छेडेदह तालमा कृष्ण जन्माष्टिको दिन आयोजना गरेको वृक्षारोपण तथा सांस्कृतिक कार्यक्रममा कुटपिट भएको भिडियो सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कवीन्द्र बोहराले कुटपिटबाट नाथ र शाह घाइते भएको बताए। घाइते मध्ये नाथको टाउकोमा टाँका लागेको थियो भने उनी धनगढीमा उपचार गराएर घर फर्किसकेका छन्।

उनका अनुसार कुटपिटमा संलग्न भएको आरोपमा खप्तडछेडेदह गाउँपालिका-७ का अर्जुन रावतलाई पक्राउ गरिएको छ भने अन्य ७ जनाको नाममा समेत किटानी जाहेरी दर्ता गरेर घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार