शनिवार, कार्तिक १ गते २०८३

पल्स ब्युटी सैलुनको तेस्रो शाखा दरबारमार्गमा

सोमवार , भाद्र २५, २०८०

काठमाडौं। पल्स ब्युटी सैलुनको तेस्रो शाखा दरबारमार्गमा सञ्चालनमा आएको छ। विगत २५ वर्षदेखि नेपाली सौन्दर्य क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आइरहेको ब्युटी पार्लरको दरबारमार्ग शाखाको सोमबार गायक तथा कलाकार रामकृष्ण ढकाल, निर्देशक दिपाश्री निरौलाले उद्घाटन गरे। 

वरिष्ठ सौन्दर्यविद् लक्ष्मी श्रेष्ठले पल्स मार्फत सौन्दर्य क्षेत्रमा विशिष्ट योगदान दिँदै आइरहेकी छिन् । उनकै छोरी गार्गी श्रेष्ठ कर्माचार्यले आफ्नो आमाको विरासतलाई अगाडि बढाउँदै आज पल्सको तेस्रो शाखा स्थापना गरेकी हुन् । 

गार्गी पनि डेढ दशक देखि सौन्दर्य क्षेत्रमै आफ्नो कर्मथलो बनाउँदै आइरहेकी छिन्। उनले अष्ट्रियाको सिड्नीमा हिसिला ब्युटी सैलुन स्थापना गरेकी थिइन् । विगत ४ वर्षदेखि नेपालमै रहेर पल्स इन्द्रचोकमा आफ्नो अनुभव बाँडिरहेकी छिन्। गार्गीले अष्ट्रेलियामा ब्युटी सम्बन्धी अनेकन प्रशिक्षणहरू पनि लिइसकेकी छिन् ।

धेरै युवापुस्ता विदेश पलायन भइरहेको अवस्थामा उनी चाँहि नेपालमै रही सौन्दर्य क्षेत्रमै नयाँ आयाम थप्ने जमर्कोका छिन् ।

सोमबार उद्घाटन भएको दरबारमार्गको पल्स सैलुनमा विभिन्न मेनुमा ५० प्रतिशत सम्म छुटको व्यवस्था पनि गरिएको छ। पल्सका सबै ग्राहकलाई दरबार मलको वेसमेन्टमा निःशुल्क पार्किङ्गको व्यवस्था पनि गरिएको छ।

No description available.

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार