मंगलवार, आश्विन १३ गते २०८३

एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल समूह नजाने

शनिवार , श्रावण १६, २०७८

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे पुष्पलाल स्मृति भवन च्यासलमा बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

तामाङका अनुसार बैठकमा विधान अधिवेशनको तयारीका लागि समितिहरु गठन गर्ने तयारी रहेको छ। विधान अधिवेशन यसै महिनाको अन्तिममा गर्ने तयारी गरे पनि केही दिन पछाडि सर्ने सम्भावना रहेको तामाङले बताए।

बैठकमा केही विभागहरु पनि गठन गरिँदैछ। कार्यालय सचिव तामाङका अनुसार बैठकमा माधव नेपाल समूहलाई पनि खबर गरिएको छ। तर‚ नेपाल समूह भने आज पनि बैठकमा नजाने भएको छ।

नेपाल पक्षीय नेता डा. बेदुराम भुषालले कुरा नमिली बैठकमा नजाने बताए। ‘हामीलाई बैठकमा बोलाउनु नबोलाउनुको कुनै अर्थ छैन,’ भुषालले भने, ‘विवाद समाधान नभइ हामी जाँदैनौं।’

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार