शुक्रवार, आश्विन ३० गते २०८३

फेसियल हाउसले भव्य रुपमा मनायो 'महिला सशक्तिकरण विचार गोष्ठी' तथा तिज विशेष कार्यक्रम 

बिहिवार , भाद्र २८, २०८०

काठमाडौं। फसियल हाउसले महिला सशक्तिकरण विचार गोष्ठी तथा तिज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न गरेकाे छ। हाउसले आफ्नो उपत्यकाभित्रका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयमा आबद्ध महिला कर्मचारीहरूलाई सहभागी गराई कार्यक्रम आकर्षक रुपमा मनाएको हो ।

कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले फेसियल हाउससँगको आफ्नो सम्बन्ध लामो समयदेखि भएको स्मरण गराइन्। सुन्दर हुन सबैलाई मन लाग्ने बताएकी उनले आफू पनि सुन्दर हुन फेसियल हाउस आउने गरेको बताइन्।

फरक प्रसङ्गमा चाैधरीले फेसियल हाउसमा सीसी क्यामेरा राख्नु गलत नभएको धारणा राखिन्। त्यो सेवाग्राही कै लागी उपयोगी हुने उनको धारणा छ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष भवानी राणाले जब सम्म आर्थिक रूपका सशक्तीकरण नभएसम्म महिला सशक्तीकरण नहुने धारणा राखिन्। महिलाहरूमा हिम्मत भएका कारण निजी क्षेत्रमा समेत अग्रस्थानमा रहँदै आएको बताउँदै उनले राम्रो काम गर्नेको पक्षमा आफू सँधै रहने गरेको बताइन्। उनले फेसियल हाउसले सँधै राम्रो काम गर्ने गरेको र आफूसँगै फेसियल हाउसका साथमा रहेको बताइन् ।

कार्यक्रममा कर्पोरेट खबरका सञ्चालक उज्जवलजंग शाहले अहिले नेपालमा जुनसुकै काम गर्न पनि निकै कठिन रहेको बताए। अहिले निजी क्षेत्रलाई चौतर्फी रुपमा गिराउने कोसिस भइरहेको समेत जानकारी गराए । शाहले दैनिक हजारौं युवा रोजगारीका लागि विदेश जाने गरेको भन्दै केटाले मात्र कपाल काट्ने नभएर केटीले पनि कपाल काट्नुलाई पेशको रुपमा बदल्न आवश्यक रहेको बताए ।

कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफू संस्कृति जोगाउन सँधै लागीपर्ने बताए । उनले आफूले जेलमा बसेको बेलामा पनि गीत गाउने गरेको जानकारी गराए । कार्यक्रममा उनले आफ्नो प्रेम सम्बन्धको बारेमा पनि खुलासा गरे  नेता चौधरीले श्रीमती रञ्जितलाई भगाउँदा गोजीमा ५० रुपैयाँ पैसा भएको राेचक खुलासा पनि गरे।

No description available.

कार्यक्रममा हाउसकी प्रमुख कार्यकारी अधिकृत सुष्मा महराले तीज आउने बित्तिकै महिलाहरू व्यस्त हुने गरेको बताइन्। उनले फरक प्रसङ्गमा महिलाको दुस्मन महिला नै हुने गरेको बताइन् ।

उनले देशमा अहिले देखिएको आर्थिक मन्दीको असरले देशलाई समस्यामा पार्ने बताइन् । उनले आफुले धेरै मानिसलाई रोजगारी दिएको स्मरण गर्दै अनाहकमा पाउने दुःख, झन्झटले गर्दा मानिसलाई रोजगारी दिने क्षेत्रमा लगानी बढाउनु आफ्नो गल्ती हो की भन्ने जस्तो लाग्ने गरेको बताइन् ।

No description available.

उक्त कार्यक्रम चाबहिलको केएल टावरमा आयोजना भएको थियो । कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी मन्त्री रञ्जिता चौधरी , फेसियल हाउसका सञ्चालक सुषमा महरा, कर्पोरेट खबरका सञ्चालक उज्जललजंग शाह , नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष भवानी राणा, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी, राप्रपाका नेता पशुपतिशमशेर जबरा तथा  महिलाहरूको  उपस्थिति  थियो । कार्यक्रममा फेसियल हाउसले मन्त्री चौधरी र उनको श्रीमान तथा नाउपाका नेता रेशम चौधरीलाई पुरस्कार दिएको थियो ।

No description available.

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार