बुधवार, आश्विन १४ गते २०८३

लिबिया बाढीले २० हजार मानिसको मृत्यु

बिहिवार , भाद्र २८, २०८०

लिबियामा बाढीका कारण २० हजार जनाको मृत्यु भएको सरकारी अधिकारीले आशङ्का गरेका छन् । लिबियाको डेर्ना सहरका मेयरले अचानक आएको बाढीका कारण झन्डै २० हजार जना मानिसको ज्यान गएको अनुमान गरेको बताएकाे बीबीसीले जनाएको छ ।

अहिलेसम्म पाँच हजार पाँच सय जनाको शव भेटिएको छ । गएको आइतवार आएको विनाशकारी बाढीले देशको पूर्वी क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बन्दरगाह सहर डेर्नाका मेयरले साउदी न्युज च्यानल अल-अरेबियालाई दुई वटा बाँध भत्किएर आएको बाढीमा झन्डै १८ देखि २० हजार मानिसको ज्यान गएको अनुमान गरेको बताएको खबरमा उल्लेख छ ।

No description available.

मानिसहरू सुतिरहेको समयमा सुनामी जस्तै गरेर ठूलो बाढी आएको थियो । धेरै शव अझै पनि भग्नावशेषमुनि वा समुद्रमा पुरिएका छन् । यसका कारण रोग सर्ने जोखिम बढेको छ ।

यसैबीच लिबियाका धेरै छिमेकीले उद्धार टोली र मानवीय सहायता सामग्री पठाउन थालेका छन् । लिबियाका बाढी पीडितलाई सघाउन संयुक्त राष्ट्र सङ्घले तत्काल एक करोड अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार