शुक्रवार, आश्विन ३० गते २०८३

ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

शनिवार , भाद्र ३०, २०८०

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९ घुमाउने डाँडामा आज दिउँसो दुर्घटना हुँदा दुई विद्यार्थी नेताको मृत्यु भएको छ । दुर्घटनामा परी नेकपा (एमाले) निकट अनेरास्ववियु जिल्ला सह-संयोजक नवीन पाण्डे र सचिवालय सदस्य समिर तामाङको मृत्यु  भएको हो ।

अरनिको राजमार्गमा खाडिचौरबाट बन्देउ तर्फ जाँदै गरेको ना ८ ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्याङकरले विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०२-०३१ प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई प्रहरीले उद्दार गरी उपचारका लागि धुलिखेल अस्पतालमा पठाएको थियो ।

उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो । ठक्कर दिने ट्याङकर र मकवानपुर थाहा नगरपालिका-१२ का चालक भिमबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले बताएकाे छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार