शुक्रवार, आश्विन ३० गते २०८३

एनआरएनए महिला संयोजकमा चर्चित गायिका देविका केसीद्धारा क्यानडाबाट उम्मेदवारी 

मंगलवार , आश्विन २, २०८०

क्यानडा। गैर आवासीय नेपाली संघ(एनआरएनए)को अक्टोबर महिनामा हुने महाधिवेशनमा चर्चित लोक गायिका देविका केसीले महिला संयोजक पदमा उम्मेदवारी घोषणा गरेकी छिन्। एनआरएनए एनसीसी कतारको उपाध्यक्षपछि हाल क्यानडालाई कर्मथलो बनाएकी केसीले प्रवासमा लोक सङ्गितको माध्यमबाट नेपाली कला संस्कृति प्रवर्दनमा महत्वपूर्ण भूमिका खेल्दै आएकी छिन्। 

एनआरएनएले सञ्चालन गरेका विभिन्न परियोजनाहरूमा सक्रिय सहभागि भएर काम गरेकी केसी नेपाली समुदायले गर्ने हरेक जसो कार्यक्रममा मनोरञ्जन दिन पुग्ने गरेकी छिन्। विदेशमा बस्ने नेपाली महिला दिदीबहिनीहरुलाई जागृत गर्दै आएकी केसी डायस्पोरामा गायिका संगै सामाजिक अभियन्ताका रुपमा चर्चा कमाएकी महिला अभियन्ता हुन्। 

उनले नेपाल र विश्वमा रहेका र समस्यामा परेका कलाकर्मीहरुलाई सहयोग जुटाउने अभियान चलाउने, महिला, बालबालिका, असक्त बिरामीहरुलाई सहयोग गर्दै आएकी छिन्। गैर आवासीय नेपाली संघ कतारको महिला उपाध्यक्ष र आईसीसी सदस्य हुँदै यस अभियानमा निरन्तर सक्रिय केसी हाल क्यानडाको नेपाली समुदायमा  सामाजिक कार्यमा सक्रिय रहेकी छिन्।

केसीले आगामी महाधिवेसनमा एनआरएनए अभियन्ताहरु र प्रतिनिधिहरुको सुझावअनुसार संघभित्र महिला नेतृत्वलाई सशक्त बनाउने उद्देश्यले अन्तराष्ट्रिय महिला संयोजकमा उम्मेदवारी दिएको बताइन्। No description available.

लामो समयबाट विदेशमा रहेका महिला दिदीबहिनीहरुका सुख दुःख को साक्षी र एनआरएन अभियानलाई नजिकबाट बुझेकोले महिला संयोजकमा आफू उपयुक्त व्यक्ति भएकोले उम्मेदवारी दिएको बताउँछिन्।

विश्वका विभिन्न देशमा सामाजिक क्षेत्रमा क्रियाशील महिलाहरु र अन्य एनआरएन अभियन्ताहरुको सल्लाह सुझाव अनुसार आफूले उम्मेद्वारी घोषणा गरेकोले महिला संयोजक पदमा आफूलाई समर्थन गर्न सबै एनआरएनए अभियन्ताहरुलाई अनुरोध गरेकी छन । केसीले अहिलेसम्मको माहोल हेर्दा आफ्नो विजय निश्चित भएको दाबी गर्छिन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार